काठमाणडाैँ/नेकपा (एमाले)ले २०९९ सम्म नेपाललाई कस्तो बनाउन सकिन्छ भन्ने विषयमा योजना बनाउन विद्वत सभाको आयोजना गरेको छ । ललितपुरको होटल हिमालयनमा १४ चैतमा आयोजित विद्वत सभामा विविध विषयमा बहस गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा आयोजित विद्वत सभामा बिभिन्न क्षेत्रका एक सय जना सहभागि रहेका छन् । विद्वत सभाबाट आएका सुझावका आधारमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि योजना तयार गरिने जनाएको छ ।