अभिनेत्री रेखा थापा पछिल्लो बर्ष 'रामप्यारी' रिलिजपछि पर्दामा आएकी छैनन् ।

पछिल्लो समय सामाजिक सेवा, राजनीति अनि अभिनय सबैबिधालाई सँगसँगै लिएर अघि बढेकी रेखा सिंगल स्कृनमा राम्रो पकड बनाउन सफल एक मात्र अभिनेत्री हुन् ।

एक बर्ष जस्तो अन्तरपछि आउँदो शुक्रबार रेखा स्टारर फिल्ल 'पलाँस' रिलिजको लागी तयार छ । आशातित चर्चा नदेखिएपनि सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शकको अपेक्षा बढाएको छ ।

त्यसैले लामो समय अन्तरपछि आउँदै गरेकी रेखाको ईन्ट्री कतिको दमदार हुन्छ हेर्न लायक हुनसक्छ ।

सिंगल र मल्टिप्लेक्स दुबै हलमा लाग्ने 'पलाँस'ले रेखाको स्टारडमको फाईदा उठाउनेमा निर्माण टिम आशावादी छ । त्यसो त हालसम्मकै फरक अभिनय समेटिएको भनिएको फिल्मले रेखा खोज्दै हलमा जाने दर्शकमा अर्को उत्साह थप्नसक्ने अनुमान छ ।

यो फिल्ममा रेखालाई दर्शकले शिक्षिकादेखि कल गर्ल सम्मको भूमिकामा देख्न पाउनेछन् ।

कृषा चौलागाइको निर्माणमा तयार भएको फिल्म सुवास कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा रेखासँगै अयुव केसी, कामेश्वर चौरासिया लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।