पथरी/ नेकपा एमाले मोरङले जिल्ला कार्यसमितिमा ३० जनालाई सदस्यमा मनोनीत गरेको छ ।जिल्ला कमिटिको बेलबारीमा मंगलबार सम्पन्न जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले सो बराबरको सदस्यहरुको नाम मनोनीत गरेको हो ।

पार्टीको सचिवलाय सदस्यको बैठकले ३० जनाको नाम पारीत गरेपछि पार्टीको पूर्ण बैठकले अनुमोदन गरेको थियो । पार्टीका अध्यक्ष विनोद ढकालले सबै क्षेत्रलाई समेटेर ३० जना सदस्य मनोनीत गरेको बताए ।गत पौष २५ देखि २७ गते सम्म भएको आठैँ जिल्ला अधिबेसनमा जिल्ला अध्यक्षको प्रत्यासी महेश रेग्मीको टिमले ४ जना सदस्य पद बाहेक सवै पदमा पराजित भएका थिए ।

अहिले बैठकले रेग्मीको टिमबाट १८ जना जिल्ला सदस्यमा मनोनित भएको छ । बाँकी अध्यक्ष ढकालकै टिम मनोनित गरेको हो । मनोनित हुनेहरुमा आठौँ जिल्ला अधिबेशनमा उमेदार बन्न नपाएका र पूर्व जिल्ला सदस्यहरु र आठौँ जिल्ला अधिबेसनमा उमेदार पाएपनि पराजित भएका पनि मनोनित भएका छन् । नेकपा एमालेले चैत २० गते भित्र जिल्लाका १७ वटै स्थानीय तहमा संगठन कमिटी, वडा कमिटी र टोल कमिटीहरुको निर्माण गरी बैठक बस्ने जनाएका छन् ।

स्थानीय तहका कमिटीहरुलाई पूर्णता दिने र पार्टी सदस्यहरुको व्यवस्थापन गर्ने लगायत निर्णय गरिएको अध्यक्ष ढकालले बताए । उनले चैत २० भित्रै महिला, दलित, मुस्लिम, मधेशी, अल्पसंख्यक, समावेशी समूहका सबै क्षेत्रका शाखास्तरीय भेला गरी संविधानले दिएको अधिकार र संगठनको भूमिकाहरुको बारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय बैठकले गरेको छ ।

बैठकले सचिवालयलाई पूर्णता दिने, पार्टीको विभाग, नौ वटै निर्वाचन क्षेत्रका इन्चार्ज र सहइन्चार्जहरु पनि तोकेको छ ।

क्षेत्रिय इन्चार्ज र सहइन्चार्ज ताेकियाे पार्टीले बिभिन्न क्षेत्रबाट मनोनित गर्दै बिभिन्न कार्य बिभाजन गरेको छ । क्षेत्रिय इन्चार्ज र सहइन्चार्ज पनि सोहि बैठकले जिम्मेबारी दिएको छ ।

क्षेत्र नम्बर १ मा क्षेत्रिय इन्चार्ज रुपनारायण मिश्र र सहइन्र्चाज दुर्गा विष्ट,क्षेत्र नम्बर २ मा क्षेत्रिय इन्चार्ज चण्डी प्रसाद राई र सहइन्चार्जमा भोला अधिकारी,क्षेत्र नम्बर ३ मा क्षेत्रिय इन्चार्ज भेषनाथ रिजाल र सहइन्र्चाज रविन थापा, क्षेत्र नम्बर ४ मा क्षेत्रिय इन्र्चाज सन्तोष शाह र सहइन्र्चाज बसन्त देव, क्षेत्र नम्बर ५ मा क्षेत्रिय इन्चार्ज धर्मानन्द संजाल र सहइन्र्चाजमा दिपक कर्ण, क्षेत्र नम्बर ६मा इन्र्चाज महोश भट्टराई र सहइन्र्चाजमा धमैलाल सिंह, क्षेत्र नम्बर ७ मा पर्शुराम बस्नेत र सहइन्र्चाजमा कासिम मियाँ, क्षेत्र नम्बर ८ मा इन्र्चाज अजम्बर राई र सहइन्र्चाजमा राजकुमार ओझा र क्षेत्र नम्बर ९ मा इन्र्चाज भूपाल जिमी र सहइन्र्चाजमा पुष्प ढकाल रहेका छन् ।

नगरपालीका र गाउँपालीकका संयोजक र सहसंयोजकहरु पार्टी जिल्ला कमिटिले गाउँ पालीका र नगरपालीकाको जिम्मेवारी पनि दिएका छन् । रतुवा माई नगरपालीमा शिवनारायण राजवंशी संयोजक र गोपी चाम्लागाई सहसंयोजक, सुनबर्षी नगरपालीकामा गोपाल थापा संयोजक र वर्तनलाल सहसंयोजक, रंगेली नगरपालीकामा डिल्ली दाहाल संयोजक र मिरा दास सहसंयोजक,विराटनगर उपा महानगरपालीकामा सागर थापा संयोजक र शिला दिक्षित सुन्दर सहसंयोजक, सुन्दर हरैचा नगरपालीकामा केदार गुरागाई संयोजक र ज्ञानेन्द्र ओझा सहसंयोजक,बेलबारी नगरपालीकामा इरान राई संयोजक र गीता सिवा सहसंयोजक,लेटाङ नगरपालीकामा भूपेन्द्र लावती संयोजक र उपेन्द्र धिमिरे सहसंयोजक, पथरीशनिश्चरे नगरपालीकामा किशोर राई संयोजक र पार्थ बहादुर बुढाथोकी सहसहसंयोज, उर्लाबारी नगरपालीकामा अग्नि भट्राई संयोजक र मिना पौडेल सहसंयोजक, कानेपोखरी गाउँपालीकामा राजकुमारी इङ्नाम संयोजक र सहसंयोजकमा सुशिल बुढाथोकी, मिक्लाजुङ गाउँपालीकामा संयोजक नरेन्द्र ढुङगेल, केराबारी गाउँपालीकामा शान्ति लिम्बू संयोजक र पे्रम महत सहसंयोजक, बुढीगंगा गाउँपालीकामा बलभद्र सरदार संयोजक र बैजु विश्वास सहसंयोजक, कटहरी गाउँपालीकामा जिननारायण सरदार संयोजक र सुवास सरदार सहसंयोजक, धनपाल गाउँपालीकामा सुकदेव यादव संयोजक र उपासी राजंवशी सहसंयोजक र जहदा गाउँपालीकामा राजेन्द्र मण्डल संयोजक र ताराचन्द्र राजवंशी सहसंयोजक रहेका छन् ।

पाटीले साविक गाउँकमिटिका अध्यक्ष,उपाध्यक्ष, सचिव र सहसचिव, क्षेत्रीय कमिटिका सदस्यसवै नयाँ संरचना अनुसार गाउँपालीका र नगरपालीकाका सदस्य रहने तोकेको छ ।