इटहरी/ इटहरस्थित बहुदेश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार संस्थाको आफ्नै भवन साधारण सभा गरिएको हो ।
एक करोड २५ लाख रुपैयाँ भन्दा बढी लगानीमा संस्थाले इटहरी उपमहानगरपालिका अगाडी भवन निर्माण गरेको छ । संस्थाका अध्यक्ष जयबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक सदस्य दलबहादुर थापा र नन्दकुमारी ढकाललाई सम्मान गरियो ।
यसै गरी २०७२ सालको एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने संस्थाका शेयर सदस्यका छोराछोरीहरु नेहा कोइराला, मनिषा दुलाल, दिपक पराजुली र साहारा घिमिरेलाई नगद सहित सम्मान गरियो ।
यसै गरी उत्कृष्ट कर्मचारीका रुपमा पदमबहादुर पौडेललाई सम्मान गरियो भने उत्कृष्ट बचतकर्ताको सम्मान पनि उनैले पाए । यस्तै उत्कृष्ट सञ्चालक समिति सदस्य गोपाल बस्नेत र उत्कृष्ट ऋणीका रुपमा अशोककुमारी खवासलाई सम्मान गरियो ।
बहुदेश्यीय सहकारी बैंकका अध्यक्ष रमेशकुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बहुदेश्यीय सहकारी संघ सुनसरी अध्इक्ष सोमबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोइराला, राष्ट्रिय सहकारी संघ सञ्चालक समिति सदस्य शिव डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले गएको आर्थिक वर्षमा १० करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको सो अवसरमा जानकारी दिइयो । साधारण सभाबाट तीन वर्षे कार्यकालको लागि नयाँ कार्य समिति समेत व्यवस्थापक नेत्रप्रसाद दुलालले जानकारी दिए । संस्थामा ९ सय ६० जना शेयर सदस्य रहेका छन् ।