विराटनगर/ मोरङको डाईनिया रंगेली सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२३६ नम्बरको मोटरसाइकललाई बिहीबार रंगेली–७ झुगीटोल भन्ने स्थानमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापा महाभारा–१ बस्ने ३० वर्षीय दिपक महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।