महेन्द्रनगर/नवनियुक्त कार्यकारी अधिकृत शोभा दाहालले महेन्द्रनगरको चक्रघट्टीमा मङ्गलबार आयोजित कार्यक्रममा वराह नगरपालिकाको घोषणा गरेकी छन् ।
भरौल, प्रकाशपर, वराहक्षेत्र र मधुवन गरी पाँचवटा गाविस मिलेर बनेको वराह नगरपालिकाको मुख्य केन्द्र चक्रघट्टीमा राखिएको छ । वराह नगरपालिकामा ११ वटा वडा छन् कुल जनसङ्ख्या ७७ हजार ४ सय छ ।
यसको क्षेत्रफल २ सय २२ दशमलव ९ वर्गकिलोमिटर छ ।नवघोषित नगरपालिकाको स्तरोन्नति र विकास गर्न सबै राजनैतिक दल र सरोकारवालाहरूले सहयोग गरेमा आपूmले सक्दो कार्यान्वयन गर्ने कार्यकारी अधिकृत दाहालले बताइन् ।
कार्यक्रममा वराह नगरपालिकालाई वराहक्षेत्र नगरपालिका बनाउनेतर्पm पहिलो प्रयास गर्न एमाले अध्यक्ष फडिन्द्र भट्टराईले सुझाव दिए ।त्यस्तै गाविस परिर्मािर्जत नगरपालिका बन्नु स्वागतयोग्य रहेको बताउँदै विकास निर्माणमा सबै लाग्न जरुरी रहेको काङ्ग्रेसका राजदीप लामाले बताए ।