धरान/ धरान उपमहानगरपालिकाले नगरलाई बालमैत्री बनाउन बालबालिकाहरुलाई समेटेर उद्घोषण तालीम प्रदान गरेको छ ।
बुधबारबाट शुरु भएको उद्घोषण तालीममा २० वडाका २७ जना बाल प्रतिनिधि र सामाजिक परिचालकहरु सहभागी छन् ।
रेडक्रस सोसाइटी सुनसरीको सभाहलमा भइरहेको तालीममा प्रमुख प्रशिक्षक मोहन श्रेष्ठ र प्रशिक्षकहरु प्रकाश श्रेष्ठ, गौरव सञ्जेल, सुमित्रा राई, दीपेन्द्र निरौला, मनिष साही, अतुल श्रेष्ठ र रविन्द्र थापाले सहजीकरण गरिरहेका छन् । तालीम बिहीबार सम्पन्न हुनेछ ।