भक्तपुर/ नेकपा क्रान्तिकारी (माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले नयाँ शिराबाट देशलाई समाधान दिन नसके सधैँ राजनीतिक सङ्क्रमण व्यहोर्नुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपाललाई मुक्ति दिन अब नयाँ आन्दोलनको विकल्प नभएको जिकिर गरे । अर्को प्रसङ्गमा उनले सरकार एनसेलको कर छलीलाई उन्मुक्ति दिएर कमिसनको जालोमा फसेको आरोप पनि लगाए ।