धरान/सप्तरी घटनामा प्रहरीको गोली लागेर घाइते बनेका थप एकको शुक्रबार मृत्यु भएको छ । उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मध्यपूरा १ का ५० वर्षीय इन्द्र यादवको मृत्यु भएको हो । उनको सर्जिलक आइसियुको बेड नम्बर ४ मा उपचाररत थिए । उनको पेटमा गोली लागेको थियो । गम्भीर घाइते उनको आइसियु मै राखेर उपचार भइरहेको थियो । यस अघि चारजनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर सञ्जन मेहता, पिताम्बरलाल मण्डल, आनन्द साह, विरेन्द्रकुमार महतोको मृत्यु भइसकेको छ । उक्त शव सप्तरी लग्ने तयारीसमेत भइरहेको अवस्थामा शुक्रबार अपरान्ह सवा २ बजेतिर मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले बताए । हाल पा“च जनाको उपचार भइरहेको छ ।