काठमाडौं/भारतीय सुरक्षाकर्मीले नेपाली भूमीमा पसेर नेपालीको हत्या गरेको विरोधमा माओवादी केन्द्र निकटका भातृ संस्थाहरुले प्रदर्शन गरेका छन् ।
राजधानीमा माओवादी केन्द्र निकटका क्रान्तिकारी, वाईसीएल, महिला संघ क्रान्तिकारीले संयुक्त रुपमा विरोध कार्यक्रमको आयोजना गरिएको हो ।
विहान माइतीघर मण्डलाबाट शूरु भएको विरोध र्याली वानेश्वर पुगेर को सभामा परिणत भएको थियो ।
कोणसभामा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले भारतले नेपाली भूमिमा पसेर नेपालीको हत्या गरेकोमा आपत्ति जनाए ।
उनले भारत सरकारले माफी माग्नुपर्ने र गोली चलाउने दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।
न्यौपानेले दोषीलाई कारबाही नगरे भारतीय फिल्म नेपालमा चल्न नदिने चेतावनी दिए ।
कार्यक्रमका अन्य वक्क्ताहरुले कञ्चनपुरमा भारतीय सुरक्षा फोजले चलाएको गाली मृत्यु भएका गोविन्द गौतमलाई सहिद घोषणा गर्न माग गरे ।