तरहरा । सप्तरीको घट्नाको बिषयलाई लिएर संघीय गठनबन्धनले गरेको नेपाल बन्दका कारण पूर्वि नेपालको जनजिवन प्रभावित भईरहदा तरहरामा भने वन्दको असर परेन । इटहरी चौकका पसलहरु सम्म वन्द गर्ने उर्दि दिए पनि धेरै वर्ष अघि भएको बन्द निशेधित क्षेत्रमा वन्दको असर परेन ।
मधेशी मोर्चासहित संघीय गठनबन्धनको समर्थनमा गरिएको आम हड्तालका कारण पूर्वका सुनसरी मोरङ, धनकुटा, भोजपुर , इलाम, पाचथर संखुवासभा लगाएतका जिल्लामा विहानैदेखि यातायात, कलकारखाना, शैक्षिक संस्था, व्यवसायिक फर्म पूर्ण रुपमा ठम्प रहेको भए पनि तरहरा बजारमा भने विहानै देखि बजार सञ्चालनमा आएको तरहराका सुन ब्यावसायी सन्तोष श्रेष्ठले वताए ।
राजनितिक दल तथा जुनसुकै संगठनले गरेको बन्दमा पनि तरहरा क्षेत्रमा असर पदैन । केहि वर्ष अगाडी लिम्वुवानले तरहरा बन्द गराउँन आउँदा ब्यापारीहरुले कुटेर खेदे देखि तरहरालाई बन्द मुक्त शहर वनाई दिएको थियो । तरहरामा धेरै वर्ष देखि पसलहरु बन्द भएको छैन तरहरामै ब्यावसाय गदै आएका युवा ब्यापारी विष्णु दुलालले भने । तरहरा क्षेत्र वन्द निशेधित क्षेत्र हो यहाँ कसैले गरेको वन्द लागू हुदैन उनले भने ।
यता इटहरीमा पनि ब्यावसायीहरुले बन्दके प्रतिकार गरेका छन । उद्योग वाण्ज्यि संघ इटहरीको अध्यक्ष लिलम वस्नेत,होटल ब्यावसायी संघ इटहरीको अध्यक्ष अनुरोध थापा लगायतका अगुवा ब्यापारीहरुले पसल खोल्न ब्यावसायीहरुलाई उर्दि जादै गदै हिडेका थिए । गोर्खा डिपमार्टमेन्ट स्टोर लगायतका ठुला पसलहरु सम्म ब्यावसायीक नेताहरुको पहलमा खोलीएकोछ ।
इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले पनि इटहरीको बजारमा ब्यावसायीहरुको प्रतिकार पछि खुल्न थालेको वताए । सवारी साधान भने अन्यत्रवाट नआएको कारण चल्न नसकेको उनको भनाई थियो । विहान केहि समय वन्द रहेको इटहरी वजार खुल्न थालेको डिएसपी सुवेदीले वताए ।