भक्तपुर/ नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमतिबिना स्थानीय निर्वाचन सम्भव नभएको बताएकी छिन् ।
रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सबै दलको सहमति नभई घोषणा गरिएको निर्वाचन सम्भव नभएको बताएकी छिन् ।
तीन दल मिल्नुको वि कल्प छैन, उनले भनिन् , सबै दल मिलेर चुनावमा जानु पर्छ । दलहरुबीचको मतभेदका कारण समस्या आएकाले राष्ट्र कमजोर भएको हो । उनले सबैभन्दा ठूलो राष्ट्र भएकाले राष्ट्र कमजोर बनाएर कोही पनि माथि पुग्न नसक्ने बताए ।
दलहरुबीच बारम्बार झगडा गर्ने, समस्या ल्याउने र कुनै न कुनै बहानामा झगडा बनाइराख्ने कारण नेपालको अन्तराष्ट्रिय बदनाम भएको उनले बताइन् । सबैले संमयता र धैयता गरेर निर्वाचनमा जानुपर्नेमा उनको जोड थियो ।
मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कही कतै संमावेश गर्न आवश्यक भएपनि पूर्ण रुपमा सबै कुरा एकैचोटी संविधानमा समावेश गर्न नसकिने कोइरालाको भनाइ थियो । उनले मधेशी मोर्चाबिना निर्वाचन गए अशान्त हुने बताउँदै मधेशमा रक्तपात हुने बताइन् । मधेशी मोर्चालाई समेटेर मात्र निर्वाचनमा जानुपर्नेमा जोड दिर्दै उनले मधेशी मोर्चाबिनाको निर्वाचन सम्भव नभएको बताइन् ।
कोइरालाले सप्तरी काण्ड घट्नुको मुख्य कारण सरकारको कमजोर सुरक्षा नीतिकै कारण भएको बताउँदै सरकारको बच्चापनले यस्तो समस्या आएको उल्लेख गरिन् । कुनै पनि पार्टीले शान्तिपूर्ण सभा समारोह गर्न पाउने बताउँदै उनले एमालेका नेता कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले संरक्षण गरेर जोगाएको दावी गरिन्। सप्तरी काण्डले नेपालको अन्तराष्टिय क्षेत्रमा बदनामी भएको बताउँदै आगामी दिनमा यस्ता घटना घट्न दिन नहुने उनको भनाइ थियो ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले नेपाल अहिलेसम्मकै कुटनीतिमा कमजोर भएको बताइन् । राष्ट्रिय राजनीतिमा कुनै पनि पार्टीमा छलफल हुने नगरेको बताउँदै उनले कांग्रेसमा समेत छलफलको अभाव रहेको बताइन्