धरान /जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दिवेश लोहनीका ठाउमा प्रहरी प्रधान कार्यालयले एसपी बिद्यानन्द माझिलाई आज सप्तरी पठाएको छ ।
करिब तिन महिना अघिमात्र एसपीमा बढुवा भएका माझि नेपाल प्रहरीका चतुर प्रहरीको रुपमा परिचित छन् ।
प्रहरी प्रधानकार्यालय श्रोतका अनुसार माझिले आफु अनुकुलका प्रहरी अधिकृतलाईपनि त्यस क्षेत्रमा पठाउन आग्रह गरेका थिए ।
प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपी लोहनी र सिडियो उद्धबप्रसाद तिम्सीनालाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ ।