शनिश्चरे, मोरङ/ झापा र मोरङ्गमा रहेका भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिको नयाँ नेतृत्व छनौटका लागि मंगलबार र बुधबार निर्वाचन हुँदैछ ।
मंगलबार विभिन्न सेक्टरबाट प्रतिनिधि छनौटका लागि र बुधबार शिविर व्यवस्थापन समितिको छनौटका लागि मतदान हुने कार्यक्रम रहेको छ । मोरङको पथरीशनिश्चरे र झापाको दमकस्थित बेलडाँगी गरी २ वटा शिविरमा २ वटा समिति चयन हुनेछ । शनिश्चरेमा निवर्तमान सचिव राई र बेलडाँगीमा पनि निवर्तमान सचिव सञ्चहाङ्ग सुब्बा पुन सचिवका लागि जाने सम्भावना बढी रहेको बुझिएको छ ।
पथरीशनिश्चरे शिविरमा भनें मंगलबार नै दुवै खाले निर्वाचन सम्पन्न हुने शिविर सचिव चम्पासिंह राइले जनाए । ४ वटा सेक्टर रहेको शनिश्चरेमा ३७ सदस्यीय समिति चयन हुनेछ । त्यहाँ १ हजार ८ सय ६० सहित बेलडाँगीमा समेत गरी ११ हजार ५ सय शरणार्थीबीच नेतृत्व चयन हुनेछ । १ वर्षे कार्यकाललाई अवको समितिबाट २ वर्षे बनाइएको छ ।
विभिन्न १५ सक्टर र १६ उप सेक्टरबाट मतदान गरी छनौट हुने सेक्टरका १ सय २४ प्रतिनिधिले मतदान गरेर क्याम्प सचिव र सहसचिव छनौट गर्ने गर्नेछन् । प्रतिनिधिका लागि प्रत्येक सेक्टर र सव सेक्टरबाट दुई जना महिला र दुई जना पुरुष अनिवार्य हुनु्पर्नेछ ।
गत माघ २० गते हुनुपर्ने निर्वाचन रासन काटौती भएपछि शिविर व्यवस्थापन समितिको विरोधका कारण एक महिना लम्बिएको हो । राशन कटौती तथा दर्ता विहिन शरणार्थीलाई प्रमाणिकरण गरी दर्ता प्रक्रियामा लानु अवको समितिको प्रमुख काम रहने उल्लेख छ ।