व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् ।
उनको हत्या भएको प्रहरीको आशंका छ । भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको हाे ।
पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन् । स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन् ।