धरान/मध्यमहाडी लोकमार्गको रिघा–७ बाग्लुङमा सुख्खा पहिरो गएर खोला थुनिदा यातायात अवरुद्ध भएको छ ।
सुख्खा पहिरो जाँदा बाग्लुङको दरम खोला थुनिएको छ । जसका कारण यातायात अवरुद्ध हुनको साथै १५० मिटर जमिन तल खसेको छ ।
पहिरोको कारण तत्काल दरम खोला खुल्न नसक्ने खर्वाङ्ग प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजराज बानियाले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा बाग्लुङको बुर्तिवाङदेखि काठमाडौंका लागि छुट्ने सवारी साधनहरु अलपत्र परेका छन् । तत्काल बाटो खुलाउन नसक्ने अवस्था रहेको छ । पहिरो शनिबार साँझदेखि खस्न थालेको हो । हाल पनि पहिरो रोकिएको छैन् । सडक भन्दा २ सय मिटर माथिबाट पहिरो खस्न थालेको छ ।