सङ्खुवासभा/ संखुवासभाको सदरमुकाम खाँदबारीमा अनेरास्ववियूले जिल्लाको सबै क्याम्पसको स्ववियू चुनाव जितेपछि विजय र्यालीको आयोजना गरेको छ । बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट सङ्खुवासभाको चारवटै क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले जितेपछि विहिबार दिउँसो जिल्लाको सदरमुकाम खाँदबारीमा विजय ¥यालीले अनेरास्वबियूमय बनेको छ ।

सदरमुकामस्थित बरुण बहुमुखी क्याम्पस खाँदबारीको अध्यक्षमा अनेरास्ववियूका सुरेश थापाले ८३ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी ने.वि.संघ र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलबाट नेविसंघका कुमार विश्वकर्मा ७४ मत मात्र ल्याए भने नयाँ शक्तिका योगेन्द्र राईले ५६ मत ल्याए ।

सचिवमा ने.वि.संघ र अखिल (क्रान्तिकारी)का उमेरद्धार सन्तोष बाह्रकोटीलाई हराउँदै भारि मतका साथ अनेरास्यवियुबाट दिपन कुलुङ्ग राई विजयी भएका छन् । उनले १ सय ३१ मत प्राप्त गरेका हुन । कोषाष्यक्षमा अनेरास्ववियुकै कविता लुङ्गेलीमगरले १ सय १६ मत ल्याई विजयी भइन ।

त्यस्तै मादी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानेल नै विजयी भएको छ । अध्यक्षमा नवराज कडुवाल निर्वा्चित भएका छन् । कडुवालले २७ मत ल्याए भने उनको निकटतम प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका कविता दाहालले २५ मत ल्याइन ।त्यसैगरि सचिवमा अनेरास्ववियुकै सुजनमणि दाहाल २६ मत ल्याई विजयी भए । कोषाध्यक्षमा अनेरास्यवियुका कोमल शर्मा २९ मत ल्याएर विजयी भए । मादी क्याम्पसमा पनि ने.वि.संघ र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर चुनावमा प्रतिष्पर्धा गरेका थिए ।

त्यस्तै जिल्लाको माम्लिङ्गस्थित रामेश्वर बहुमुखी क्याम्पसमा आपसी सहमतिको आधारमा गोलाप्रथाबाट अनेरास्ववियुका नवीन होङ्वा विजयी भएका छन् । अध्यक्षमा अनेरास्ववियु र ने.वि.संघले गोला तानेका थिए । सचिव ने.वि.संघका गणेश घिमिरे विजयी भए भने कोषाध्यक्षमा अखिल क्रान्तिकारीका रुपा बुढाथोकी विजयी भइन ।

चैनपुर स्थित संखुवासभा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानेल नै विजयी भएको छ । सभापतिमा मनोज तामाङ विजयी भएका छन् । सचिव नुर्वु शेर्पा र कोषाध्यक्ष आशा तिखत्री विजयी भए । ने.वि.संघ र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका थिए ।

यसरी जिल्लाको सबै क्याम्पसमा अनेरास्ववियूले आफ्नो जित हात पारेको खुसीयालीमा सदरमुकाममा प्रभातफेरी गरेको हो । विजय र्यालीमा जिल्ला स्थित नेकपा एकमाले नेता तथा कार्यकर्ताहरुको बाक्लो उपश्थिती रहेको थियो ।