काठमाडौं/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले होलीपछि आन्दोलन चर्काउने भएको छ ।
सरकारले संविधान संशोधन नगरीकनै स्थानीय निर्वाचनको घोषणा गरेपछि पुनः आन्दोलन थालेको मोर्चाले होलीपछि दोस्रो चरणको भीषण आन्दोलन गर्ने नेताहरुले बताएका छन् ।
सरकारले आगामी बैशाख ३१ गते गर्ने भनेको स्थानीय तहको निर्वाचन जसरी भए पनि तराई मधेसमा हुन नदिने उद्देश्यले मोर्चाले अहिलेदेखि नै आन्दोलनको तयारी थालेको हो ।
त्यसका लागि मधेसी मोर्चामा आबद्ध दलले आन्तरिक छलफल सुरु गरिसकेका छन् । होलीपछि तराई मधेस बन्द, हड्ताल र आवश्यक परेमा नाकाबन्दी लगायतका कार्यक्रम गर्ने मोर्चाको तयारी छ ।