विराटनगर/ पूर्वी नेपालमा इन्धनको चरम अभाव भएसँगै नेपाल आयल निगमले विराटनगरस्थित क्षेत्रीय कार्यालयको टिम नै परिवर्तन गरेको छ ।

निगमले विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख दिनेश यादवलाई केन्द्रीय कार्यालय तानेको छ । ब्लाष्ट टाइम्स र ब्लाष्ट खबर डट कमले  निरन्तर इन्धन अभाव र तस्करीका  बिषयमा समाचार प्रकाशन गरे पछि निगमकाे केन्द्रिय कार्यालयले यादवलार्इ काठमाडाैं तानेकाे हाे ।

आयल निगमको क्षेत्रिय कार्यालयबाट पर्याप्त इन्धन वितरण गरे पनि वजारमा सहज आपूर्ति मिलाउन असफल भएको निष्र्कष निकाल्दै केन्द्रीय कार्यालयले यादवलाई सरुवा गरेको हो ।

यादवको स्थानमा भानुभतm खनाललाई पठाउने निर्णय निगमले गरेको छ । यसअघि खनाल रक्सोल–अमलेखगन्ज पाइपलाइन प्रोजेक्ट प्रमुखका रुपमा कार्यरत थिए ।

निगमले विराटनगर कार्यालयमा चण्डी कार्की र अभिषेक ठाकुरलाई पनि पठाउने निर्णय गरेको छ ।