स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा करिब २५० क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा ३५ महिला सभापतिमा निर्वाचित भएका छन्।

बुधबार भएको निर्वाचनमा धेरैजसो त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमध्ये धेरैको नतिजा आइसकेको छ।

अहिलेसम्म सबैभन्दा धेरै अनेरास्ववियुका तर्फबाट १८ महिला सभापतिमा जित हात पारेका छन्।

नेपाल विद्यार्थी संघले १२ महिलालाई सभापतिमा निर्वाचित गरेको छ। अखिल (क्रान्तिकारी)का तर्फबाट उम्मेद्वार बनेका ५ महिला सभापति बन्न सफल भएको छ।