पाल्पा/ प्याराग्ल्याईडिङ्गको क्रममा हाइटेन्सन लाइनमा ढेड झण्डा अल्झिएका चिदिपानी–५ पाल्पाका ३० वर्षका नवराज बस्याललाई नयाँ जिवन पाएको भन्दै बधाई आइरहेको छ ।
गएको शुक्रबार तानसेनको बतासेडाँडामा प्याराग्ल्याईडिङ्गक्रममा हावाको गतिले एकातिर फालेपछि बिजुलीको हाइटेन्सन लाइनमा ढेड झण्डा झुण्डिएको बस्यालले जानकारी दिए ।
स्थानीयले तारमा मान्छे झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरे । बिजुलीको लाइन काट्न लगाए ।
घाँटी, हात र शरीरका बिभिन्न स्थानमा करेन्टले पोलिएका बस्यालले भगवानको कृपाले आफू बाँचेको उज्यालोलाई प्रतिकृया दिए । उपचारपछि घर फर्किनुभएका बस्याललाई अहिले साथीभाइ र छिमेकी बधाई दिन घरमै आएका छन् ।
[embed]https://youtu.be/IQoez9wJoSQ[/embed]