ताप्लेजुङ/पाँचथरको फिदिममा रुखले किचेर ताप्लेजुङका एकजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ताप्लेजुङ दोखु बस्ने ४२ बर्षिय हेम कुमार पालुङवा रहेका छन् ।

फिदिम नगरपालिका १ बस्ने आइतराज केरुङले सोहि ठाँउ बस्ने बन्धना मोक्तानको घरमा रहेको काभ्राको रुख काट्ने क्रममा उक्त रुख लडेर पालुङवालाई किचेर घाईते भएका थिए । घाईते पालुङवाको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रुख धनी मोक्तान र रुख काट्ने केरुङलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्र कार्यालयले जनाएको छ ।