काठमाडौं/ निर्वाचन आयोगले मन्त्रीहरूलाई जिल्ला सदरमुकामबाहिर हुने उद्घाटनका कार्यक्रममा सहभागी हुन र हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको छ । बुधबार मन्त्रीहरूलाई आयोगमा नै बोलाएर निर्वाचन आचार–संहिता लागू भइसकेकाले जिल्ला सदरमुकामबाहिर हुने कार्यक्रममा नजान र हेलिकोप्टर प्रयोग नगर्न आयोगले मन्त्रीहरूलाई निर्देशन दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मन्त्रीहरूलाई आचार–संहिताको पालना नगरी गए फिर्ता बोलाउने चेतावनीसमेत दिए, आजको राजधानीमा खबर छ ।