सङ्खुवासभा / सङ्खुवासभाको चारवटै क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले जितेपछि सङ्खुवासभाको स्वबियू अनेरास्वबियूमय बनेको छ ।

बुधबार सम्पन्न भएको स्वातन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बरुण बहुमुखी क्याम्पस खाँदबारी, सङ्खुवासभा बहुमुखि क्याम्पस चैनपुर, मादि बहुमुखी क्याम्पस मादी र रामेश्वर बहुमुखी क्याम्पसमा अनेरास्वबियू बिजेता बनेको हो ।

सबैभन्दा बढि मतदाता रहेको बरुण बहुमुखी क्याम्पसमा अनेरास्वबियुको सेट नै विजेता बनेको छ । नेबि संघ र क्रान्तीकारी विद्यार्थी संघले भने दुई सदस्य मात्र जितेको छ । अनेरास्वबियुले नेबि संघ र क्रान्तीकारीको संयुक्त प्यानल र नयाँ शक्ति विद्यार्थी युनियनसँग प्रतिस्पर्धा गरेको थियो । चैनपुर स्थीत सङ्खुवासभा बहुमुखी क्याम्पसमा पनि अनेरास्वबियुले नेबि संघ र क्रान्तीकारी विद्यार्थीसंघको संयुक्त प्यानललाई पराजित गरेको छ ।

त्यस्तै मादी बहुमुखी क्याम्पसमा पनि अनेराश्वबियुले अध्यक्ष, सचिव र कोषाध्यक्ष जितेको छ । रामेश्वर मावि माम्लीङमा भने सहमतीमा स्वबियु गठन गरिएको छ सो अनुसार सहसचिव र एक सदस्य अनेरास्व बियुलाई, सचिव र दुई सदस्यमा नेवि संघलाई र कोषाध्यक्ष र एक सदस्यमा क्रान्तिकारी विद्यार्थी रहने भएको छ ।