पथरी/मोरङको पथरी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलनै विजयी भएको छ । बुधबार राती सम्म भएको मत गनणाको अन्तिम नतिजामा सभापति पदमा १०६ मत ल्याएर गोपाल शावा विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका रोशन गुरूङले ९५ मत ल्याएका थिए ।
त्यसैगरी उपाध्यक्षपदमा अनेरास्ववियुबाट रिता राई विजयी भएकी छिन् । उनी समानुपातीकबाट विजयी बनेकी हुन । यस्तै सचिवमा नेविसंघकै रोशन पराजुली १६९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतितिद्वन्द्वी अनेराश्ववियुका प्रेम गौतमले ७९ मत प्राप्त ल्याएका थिए । यस्तै कोषाध्यक्षमा पनि नेविसंघकै तुलासा नेम्बाङले १५९ मत ल्याएर विजयी भइन् । तेम्बाङ निकटतम् प्रतिद्वन्द्वी अनेराश्ववियुकी अस्मिता घतानीले ११० मत ल्याएकी थिइन् ।
यस्तै सदस्यहरूमा नेविसंघका सुजन पान्डे, दीपक अधिकारी, केशर राई विजयी भएका छन् । यस्तै अन्य सदस्यमा अनेराश्ववियुका भबेश न्यौपाने विजयी भए । न्युसन भट्टराई र उज्वल लकान्द्रीको मत बराबर भएकोले दुई मध्ये एक जनालाई गोला प्रथाद्वारा विजयी गराइने भएको निर्वाचन आयोगले जनाएको छ ।यस्तै समानुपातिक तर्फ अनेराश्ववियुले ११२, नेविसंघले १०२ र माओवादी केन्द्रले ५८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उर्लाबारी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । नेवीसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलको गठबन्धनलाई हराउदैँ एक जना सदस्य बाहेक सबै अनेरास्ववियुले विजय गरेका छन् । सभापतीमा अनेरास्वविुका गणेश घिमिरले २६१ मत ल्याउँदै विजय भएका छन् । उनका निकटमप्रतिद्न्दीले नेविसंघका सुजित चौधरीले १८४ मत ल्याएका थिए ।
त्यसैगरी सचिबमा अनेरास्वविुका सुनिल धिमालले २४४ल्याएका थिए । उनका प्रतिद्धन्दी अखिल क्रान्तिकारीका सागर राईले १८९ मत ल्याएका थिए । कोषाध्यक्षमा अनेरास्ववियुको ज्योती चौहाले २३३ मत ल्याइएका थिए । उनका निकटमप्रतिद्धन्दी अखिल क्रान्तिकारीका तिलकुमारी खत्रीले १९२ मतल्याएका थिए । त्यसैगरी सदस्यहरुमा रुषा भण्डारी, रामु तिवारी, तुलसा निरौला, अच्युत अर्यालले विजय गरेको हो ।
समानुपातिक तर्फको प्राप्त मत १. अनेरास्ववियु २३२ २. नेविसंघ १३२ ३. अखिल क्रान्तिकारी ७५ ४. समाजवादी विद्यार्थी युनियन ४ ५. नयाँ शक्ति विद्यार्थी युनियन २