धनकुटा/“साहसिक खेल, पर्यटन र विकासको मुल आधार, शान्ति एकता र सामाजिक न्याय नयाँ नेपालको आधार” भन्ने मुल नाराको भुटान, नेपाल र भारतको त्रिदेशिय अन्तराष्ट्रिय मोटर ¥याली वुधवार अपरान्ह धनकुटाको हिलेमा आईपुगेको छ ।

संसार मै सुन्दर देश नेपालको भौगोलिक, सामाजिक र साँस्कृतिक विविधताको अध्धयन गर्न नेपाल, भारत र भुटानको विकास, पर्यटन प्रवद्र्धन र सामाजिक सदभाव एक आपसमा कायम राख्न गएको २५ फ्रेव्रुवरी २०१७ बाट भारतको पश्चिम वंगाल राज्यको सिलिगुडीवाट मोटर ¥यालीको शुरुवात गरिएको थियो । नेपाल कै इतिहासमा पहिलो पटक आयोजना गरेको मोटर ¥यालीमा सहभागी पाहुनाहरुलाई हिलेवासी उधोगी व्यापारी, महिला, विद्यार्थिहरुले भव्य रुपमा स्वागत गरेका छन् ।

¥याली सिलिगुडीवाट पारो एयरपोर्ट भुटान, भुटानको राजधानी थिम्पु, थिम्पु देखी पुन पारो एयरपार्ट भुटान हुँदै सिक्कम, दार्जिलिङ हुँदै नेपालको पशुपति नगरवाट नेपाल भित्रिएको नेपाल आयोजक नासा इष्ट नेपालका अध्यक्ष कविन श्रेष्ठले वताएका छन् । वुधवार विहान दार्जीलिङवाट हिडेको अन्तराष्ट्रिय मोटर ¥याली नेपाल भित्रिए पछि पशुपतिनगर, फिकल, कन्याम हुँदै विर्तामोड, दमक, इटहरी, भेडेटार हुँदै अपरान्ह ४ वजे प्रस्तावित एक नम्वर प्रदेश कै पर्यटकिय नगरी धनकुटाको हिले वजारमा आईपुगेको श्रेष्ठले वताएका छन् ।

विहिवार विहान (आज) हिलेवाट पुनः धनकुटा, भेडेटार, धरान, इटहरी हुँदै विराटनगरको महेन्द्रचोक हुँदै पुनः पश्चिम वंगालको सिलिगुडीमा पुगेर औपचारिक समापन हुने पनि अध्यक्ष श्रेष्ठले ब्लाष्टलाई वताएका छन् ।

हिलेमा वुधवार साँझ देखी विहिवार विहान (आज) सम्म रहँदा ¥यालीमा सवार सम्पुर्ण आन्तरिक तथा वाह्य पर्यटकहरुलाई उधोग वाणिज्य संघ धनकुटा, होटल एशोसिएसन धनकुटा, पर्यटन विकास समिति धनकुटाले स्वागत सत्कार गर्ने सम्पुर्ण जिम्मेवारी लिएको उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले ब्लाष्टलाई वताएका छन् ।

वुधवार साँझ हिले स्थित होटल कान्जीरोवा, होराईजन रिसोर्ट लगायतमा वसोवासको व्यावस्था मिलाइएको वताइएको छ । सो अवसरमा स्थानिय कलाकारहरु र गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको नेपाली मौलिक सांगितिक प्रश्तुती समेत ¥यालीमा सवार अतिथिहरुले अवलोकन गर्ने उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङले वताएका छन् । उनले ¥यालीमा नेपालको ५ मोटर सहित भुटान र भारतको गरी जम्मा ७० थान मोटरमा २ सय ५० जना सवार रहेको पनि जानकारी दिएका छन् ।

फ्रेव्रुवरी २५ देखी मार्च २ सम्म भारतिय आयोजक जस्ट सपोर्ट इण्डियाको १ करोड र नेपालको १० लाख खर्च हुने नासा इष्टका सचिव मनोज विक्रम शाहाले वताएका छन् । उनले ¥यालीमा समय, गति र दुरीको आधारमा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः एक लाख, ५० हजार र २५ हजार भारतिय रुपयाँ पुरस्कार पाउने शाहाले वताएका छन् ।

यो भन्दा पहिले नेपाल अटोमोवाईल एसोसिएसन (नासा इष्ट) ले इटहरी देखी भेडेटार हुँदै हिलेसम्म मोटर ¥याली तथा स्कुटी ¥याली भेडेटारसम्म संचालन गरेको सचिव मनोज विक्रम शाहाले वताएका छन् ।