पोखरा/त्रिवि अन्तर्गत सञ्चालित पोखराका पाँच क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि बिहानैदेखि मतदान सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र विन्ध्यवासिनी संस्कृत विद्यापीठमा निर्वाचन भइरहेको निर्वाचन अधिकृतले बताए । पश्चिमाञ्चलमा सबैभन्दा बढी विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा भने अनेरास्ववियु(क्रान्तिकारी)‘प्रचण्ड’ले क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेकाले निर्वाचनको कार्यक्रम स्थगन गरिएको निर्वाचन अधिकृत प्रा डा चन्द्रबहादुर थापाले जानकारी दिए ।