विराटनगर/ नेपाल आयल निगमले पर्याप्त इन्धन उपलब्ध गराउँदा पनि व्यवसायीहरुले पूर्वी बजारमा इन्धनको कृत्रिम अभाव सृजना गरेका छन् । निगमले कोशी र सगरमाथा अञ्चलका डिलरहरुलाई बिहीबार साँझ र शुक्रबार दिनभर गरी २० लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल उपलब्ध गराएको भएपनि शनिबार बिहानदेखि कुनैपनि पेट्रोलपम्प खुलेका छैनन् ।
अधिकाङ्श पम्पमा शुक्रबार राति इन्धन अनलोड गरिएको थियो । राति कसैले इन्धन बिक्री गरेका थिएनन्, तर शनिबार बिहान कोशी र सगरमाथा अञ्चलका ९० प्रतिशत पम्प बन्द राखियो । उपभोक्ताहरु इन्धन अभावमा छट्पटिएको भएपनि इन्धन बिक्री नगर्नुको कारण न त उपभोक्ता अधिकारकर्मीले खोजे न त जिल्ला प्रशासन कार्यालयहरुले नै चासो दिए ।
निगम लगायत सरोकारवाला निकायहरु मौन बस्दा यतिबेला ठूलो परिमाणमा नेपालबाट भारततर्पm इन्धन तस्करी भइरहेको छ । जसले गर्दा यहाँका उपभोक्ताहरु कालोबजारी मार्पmत् महङ्गोमा इन्धन किन्न बाध्य भएका छन् ।एक साताअघि नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरभित्र एकजना कर्मचारीमाथि सेवाग्राहीले ढुङ्गा प्रहार गरेका थिए ।
त्यसको विरोधमा कर्मचारीहरुले चार दिन काम ठप्प पारेका थिए । जसले बजारमा इन्धन अभाव भएको थियो । बिहीबार अभियुक्तलाई कारवाही गर्न सहमति भएपछि निगमले नियमितरुपमा इन्धन वितरण गरेको छ, तर बजारमा अभाव ज्यूँकायूँ देखिएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालयका प्रमुख दिनेशकुमार यादव दुई दिनमा डिजल र पेट्रोल गरेर ३० लाख लिटर वितरण गरेको र बजारमा अभाव हुने कुनै सम्भावना नभएको बताउँछन् ।
उनले अभावको सम्भावना नभएको बताएपनि पम्पहरुले इन्धन भने बिक्री गरेका छैनन् ।पूर्वाञ्चलमा यतिबेला व्यापार प्रवद्र्धन मेलाहरु चलिरहेका छन् । विराटनगरमा विराट एक्स्पो चलिरहेको छ भने आइतबारदेखि विराटचोकमा विराटचोक एक्स्पो शुरु भएको छ । तर व्यावसायिक क्षेत्रका लागि रक्तसञ्चार मानिने इन्धन अभावले यातायात क्षेत्र र आम उपभोक्ता मारमा परेका छन् ।
त्यसले व्यापार प्रवद्र्धनमा नकारात्मक असर पुगेकोतर्पm व्यवसायीहरुले ध्यान दिएका छैनन् ।निगम क्षेत्रीय कार्यालय प्रमुख यादवले इन्धन भएर पनि बिक्री नगरेपछि आइतबार मध्याह्न निगम कार्यालय वरिपरिका जय श्री तिरुपति, शिवम् लगायतका पम्पलाई टेलिफोन गरी खोल्न लगाएका थिए ।
न्यूनतम् पनि २० हजार लिटर इन्धन शुक्रबार अनलोड गरेका ती पम्पहरुले करीब दुई घण्टा मात्र बिक्री गरेर झारो टारेका थिए भने त्यसकै बहानामा आइतबार पनि लोड लिएका छन् । आइतबार कार्यालयबाट २ लाख लिटर डिजेल तथा १ लाख ५० हजार लिटर पेट्रोल उपलब्ध गराइएको छ ।विगत केही महिनायता भारततर्पm संस्थागतरुपमा इन्धनको तस्करी भइरहेको भएपनि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कुनै पहल गरेको छैन ।
अहिले नेपालमा भन्दा भारतमा डिजेल १६ रुपैयाँ प्रतिलिटर महङ्गो छ । यसले गर्दा इन्धनको तस्करी व्यापक भएको छ । विगतमा मासिक ३ हजार लिटर इन्धन बेच्न नसक्ने पेट्रोल पम्पहरुले अहिले निगमबाट मासिक ५० हजार लिटरसम्म इन्धन खरिद गरिरहेका छन् । त्यसलाई नियन्त्रण गर्ने विषयमा निगम प्रशासनले पनि चासो दिएको छैन ।
निगमले इन्धन उपलब्ध गराएको भएपनि बजारमा बिक्री नगरेको र अभाव सृजना गरेको गुनासो जिल्ला प्रशासनमा पुगेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले आइतवार बिहानदेखि बिसौं व्यक्तिबाट गुनासो आएको र निगमका प्रमुखलाई पटक–पटक जानकारी गराउँदा पनि सहज व्यवस्था हुन नसकेको बताए ।
उनले तत्कालै अनुगमन टोली परिचालन गरिने र इन्धन कालोबजारी तथा तस्करी नियन्त्रणका लागि पहल लिने बताए । इन्धन व्यापारमा देखिएको पछिल्लो अवस्थाबाट आपूm गम्भीर भएको पनि उनले बताए । उनले यस विषयमा आपूर्ति मन्त्रालयका सचिव र गृह मन्त्रालयका सचिवलाई पनि जानकारी गराएर कारवाहीको तयारी थालेको बताए ।