काठमाडौं / २०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दू बनाएर गएको शक्तिशाली भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।   आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको छ । भूकम्प गएपछि धेरैले सामाजिक सञ्जालमा ‘सातो गएको‘, ‘तर्सिएको’, ‘डराएको’ भन्दै पोष्ट गरेका छन् । यो गोरखा भूकम्पको पराकम्प भएको र अहिलेसम्म ४७८ वटा पराकम्प अमापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्युडभन्दा माथिको पराकम्पमात्र केन्द्रले सार्वजनिक गर्छ ।