धनकुटा/महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले शुक्रवार धनकुटामा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
यसैवीच धनकुटामा सेना दिवसको अवसरमा रक्तदान, सरसफाई र बिरामीलाई फलफुल बितरण गरिएको छ ।
दिवसको अवसर पारेर सल्लेरी स्थित श्रीमेहर गण सल्लेरी व्यारेकको आयोजनामा जिल्ला अस्पताल धनकुटामा रक्तदान कार्यक्रम गरिएको हो ।
सो अवसरमा २२ जना नेपाली सेना, ६ जना सर्वसाधरण र ३ जना प्रहरीले रक्तदान गरेका छन । रक्तदान अघि जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको थियो । दिवसकै अवसरमा जिल्ला सदरमुकाम स्थित निशान भगवति मन्दिर, भेडेटार स्थित पाथिभरा मन्दिर र ६ नम्बर बुधवारे बजार सरसफाई गरिएको श्रीमेहर गणका सेनानी बिनोद प्रसाद पोख्रेलले जानकारी दिएका छन् ।