शनिश्चरे/ वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले लिम्बु भाषा सँस्कृति जर्गेना गर्नका निमित्त लिम्बु भाषा पढाउने शिक्षक व्यवस्थानमा सरकारले तगारो हालेको बताएका छन् ।

झापाको शिवसताक्षीस्थित दूधेमा शनिबार याक्थुङ नालिफुङवा चुम्भोद्वारा गरिएको सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका नेम्वाङले पछिल्लो समयमा लिम्बु भाषाको विद्यालय खोलिए पनि उनीहरुलाई प्रोत्साहित गर्ने सरकारी नीति नभएकाले विद्यार्थीको संख्या कम रहेको गुनासो गरेका छन् । हालसम्म पाँचथरमा मात्र एउटा लिम्बु भाषा पढाईहुने उच्च मावि रहेको छ ।

कार्यक्रममा काइलालाई याक्थुङ नालिफुङवा चुम्भोका साथै सताक्षी प्रेस क्लब दूधे, सतासीधाम जेसीज र दुधे युथ क्लबले पनि नेम्वाङलाई अभिनन्दन पत्र प्रदान गरेर उनको योगदानको अभिनन्दन गरेका छन् ।

सोही अवसरमा पत्रकारहरु, विनोद सापकोटा, सरोज भट्टराई, छविलाल दवाडी, विष्णु सुब्बा, अर्जुन राजवंशी, सेलिङ केशी, अनिलदेव राईलाई पनि सम्मानित गरिएको छ ।