ताप्लेजुङ / राजनितिक दलले गाउँलाई शान्त बनाउन चासो नदिएपछि ताप्लेजुङ खोक्लिङ गाविसका स्थानिय बासि आफ्नै प्रयासमा गाउँलाई शान्ति क्षेत्र बनाउन जुटेका छन् ।
स्थानीय निकायको निर्वाचनको मिति तय भइसक्दा गाउँमा हुने सम्भावित दलीय ध्रुवीकरणलाई समेत ध्यानमा राख्दै स्थानीयले राजनीतिक दल, शिक्षक, नागरिक समाजका प्रतिनिधि समेतको भेला बोलाई शान्ति स्थापना गर्नेमा प्रतिबद्धता जनाउन लगाएका छन् ।स्थानिय नागरीकद्धारा गठन गरीएको सिर्जनशील सामाजिक समाजले गाविसका सबै राजनितिक दललाई स्थानिय विद्यालयको प्रांगणमा भेला गराई आफ्ना पार्टीका कार्यकर्तालाई सजग, सचेत र प्रशिक्षित गराउने र गाविसलाई शान्त बनाउने विषयमा प्रतिबद्धता जनाउन लगाएको समाजका संरक्षक बालकुमार साँवाले बताए ।
नागरिकको प्रयासमा भएको सो कार्यक्रममा गाउँ स्तरिय पाटिका नेताले आफूहरुले पार्टी कार्यकर्तालाई समाज विखण्डन तथा हिंसा हुने कुनै गतिविधि नगर्न सचेत गराउने प्रतिबद्धता जनाएको उनको भनाई छ ।
सदरमुकाम फुङलिङबाट नजिकमा रहेको खोक्लिङ हिंसात्मक घटना भइरहने गाविसमा पर्छ । यहाँ दोस्रो संविधानसभा निर्वाचनका बेला आमसभामा बम विस्फोट भएको थियो भने विद्यालय व्यवस्थापन समिति गठन, बैठक, भेला र अन्य समयमा समेत हिंसात्मक घटना दोहोरिएका छन् । केहि महिना अघि मात्र सोहि गाविसमा एक बन रक्षकको समेत घाँटि रेडि हत्या भएको थियो ।
सो गाविसमा हिम्सात्मक गतिविधि बढेकाले सरकारी कर्मचारी समेत सो गाविसमा जान डराउने गरेकाले गाविसका स्थानियकै प्रयासमा कार्यक्रम गरीएको स्थानियको भनाई छ ।
































