धरान / धरान मासु व्यवसायी तथा प्राविधिक संघको शनिबार सम्पन्न तेस्रो साधारण सभाले सर्वसम्मत मनिकलाल खड्गीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति गठन गरेको छ ।
निवर्तमान अध्यक्ष शोभितमान कट्वालको अध्यक्षता र ब्लाष्ट टाइम्सका प्रबन्ध निर्देशक किशोर कुमार कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न सो साधारणसभाको बन्द सूत्रबाट वरिष्ट उपाध्यक्ष ओम बहादुर कटुवाल, द्धितिय उपाध्यक्ष विकास खड्गी, तृतीय उपाध्यक्ष देवी बस्नेत, महासचिव विष्णु थाम्देन, सचिव रत्न बस्नेत, कोषाध्यक्ष खम्बासिंह कार्की रहने गरी गठन भएको छ ।
संघका सदस्यहरुमा राम शाही, विमला कार्की, प्रवीण राई, मीन दाहाल, सन्जन खनाल, निर्मला तामाङ्ग, रामकुमार राई, राजेश श्रेष्ठ, मनिष खड्गी, सीताराम राई, बालकुमार राई र कञ्चन लिम्बू निर्वाचित भएका छन् ।
विष्णु थाम्देनले सञ्चालन गरेको सो साधारण सभाको खुल्ला सत्रलाई प्रमुख अतिथि कार्की अतिथीहरु महेश खड्गी, महेन्द्र प्रधान, सागर तिमिल्सीना, भवानी ओझा, ललितमान श्रेष्ठ, नेत्र काफ्ले, प्रवीण राई, लगायतले मासु व्यवसायीहरुले झेल्नु परेको समस्या, मासु खरीद विक्रिमा अपनाउनु पर्ने सर्तकताका विषयमा गन्तव्य व्यक्त गरेका थिए ।