बिजयपुर/आईतबार राती धरान इटहरी सडक खण्डको सेउतीपुल देखि केहि तल दुईवटा हरीण मारिए । यसको जानकारी नत इलाका बन कार्यालय लाई थाहा छ नत प्रहरीलाई । थाहा पाउनपनि मुस्किल छ ।
किनभने सिकारीहरुले मध्यरातमा मृग तथा हरीणहरु मारेर राती नै लैजाने गरेका छन् । आईतबार राती साढे एक बजे मोरङको उर्लाबारीबाट बिरामी लिएर धरान आउदै गरेका एम्बुेन्स चालकले दुईवटा हरीण सेतो बोलेरो गाडिमा हाल्दै गरेको देखे । ‘बेलेरोको नम्मर अन्तिममा ६९ छ पुरा नम्मर देख्न सकिएन ।
नकाब लागएका ४–५ जनाले हरिनलाई बोलेरोमा हाल्दै थिए’ उनले ब्लाष्टकर्मिलाई सुनाए । यो घटना उनी प्रहरीलाई सुनाउन चाहान्थे । तर भोली असुरक्षा हुने भन्दै उनले प्रहरीलाई यो कुरा भनेका छैनन् ।
बन्यजन्तुहरुको शिकार गर्नु कानुनी रुपमा अपराध मानिन्छ । तर संम्रक्षित सामुदायीक बनमै तस्करहरुले बन्य जन्तुको सिकार गर्ने गरेको बिषयमा पटक पटक समचारहरु सार्बजनिक हुने गरेका छन् । तरपनि सरकारी पक्षबाट अहिले सम्म चोरी शिकार रोक्ने कुनै प्रयास भएको पाइदैन । श्रोतका अनुसार सामुदायीक बनका पदाधिकारीहरुकै संलग्नतामापनि चोरी सिकार हुने गरेको छ ।
तर यस्ता बिषयहरु सार्बजनिक हुन सकेका छैनन । जिल्ला बन कार्यालयले हतियार सहितका बन हेरालुहरु समेत परिचालन गर्ने गरेको छ । बन हेरालुहरुलाई परिचालन नगर्दा र इलाका बन कार्यालय तथा इलाका बन सेक्टरहरुको फितलो उपस्थिीतिका कारण चोरी शिकार हुने गरेको छ ।
अहिले धरान चतरा सडक खण्डमा पर्ने सिहंदेबि सामुदायीक बन,भगवति सामुदायीक बन,र धरान कालाबञ्जार सडक खण्डमा पर्ने कालिन्द्र सामुदायीक बन, त्यसै गरि पानबारि सामुदायीक बन ,पाँचकन्या सामुदायिक बनमा समेत चोरि सिकार हुने गरेको स्थानिय उपभोक्ताहरुले बताउने गरेका छन् ।
पछिल्लो समय धरान चतरा सडक खण्डमा पर्ने सिहंदेबि सामुदाइक बन,भगवति सामुदायीक बन,र धरान कालाबञ्जार सडक खण्डमा पर्ने कालिन्द्र सामुदायीक बनमा दिनहँु जसो सिकार हुने गरेको छ । तर सामुदायीक बन र जिल्ला बन कार्यालयले यसमा चासो दिएको छैन । उपभोक्ताहरुले समेत यो बिषयमा खुलेर बिरोध गर्न सकेका छैनन ।
शिकारीहरले मृग र हरणीलाई पहिलो निशान बनाउने गरेका छन् । मृतको मासु प्रति किलो १५ सय सम्ममा बिक्री गर्ने गरीऐका ति सदस्यले बताए । सामुदायीक बन र चारकोशे झाडिमा कुन बन्यजन्तु कति छन् भनेर सरकारी स्तरमा खोजी समेत भएको छैन ।
चोरि शिकार गर्दा शिकारीहरुले अबैध हतियारको समेत प्रयोग गर्ने गरेका छन् । बनका सुरक्षाका लागि राखिएका बन पालेहरुलाई समेत शिकारीहरुले धम्कि दिने गरेका छन् । आफै असुरक्षित हुने भएपछि हामी राती बन घुम्न छाडेका छौ एक सामुदायीक बनका बन रक्षकले भने समितीका मान्छेहरुनै मुख छोपेर शिकार खेल्न आउछन् ।
दिन भरि त सिकारि आउदैनन् रातिको समयमा बन्दुकहरु पड्क्को आवाज सुनिन्छ धरान चतरा सडक खण्डमा पर्ने पटनालीका दिर्घ मगर बताउछन् ।मृग तथा हरिण को सिकार नगर्न आग्रह गर्दा आफुहरुलाइ सिकारिहरुले मार्ने धम्कि दिने गरेको बनपालेहरु बताउछन् ।
उनिहरुका अनुसार राति आठ बजे पछि सिकारिहरु जङगल पस्ने गर्छन ।बन पालेहरुका अनुसार राति प्रसाशन तथा सामुदायिक बनका पदाधिकारिहरु नजाने भएकाले सिकारिहरुले मौका छोप्ने गरेका छन् ।बन पालेहरुका अनुसार नकाप लगाएका झण्डै १५–२० जनाको समुह सिकारका लागि आउने गरेका छन् ।
सामुदायकि बनमा हामीले दाउरा लिन जाँदा हामीलाई कारबाहि गरिन्छ,तर शिकारीहरुले आतङक मच्चाई रहदाँ प्रशासन के गर्दैछ डाडाँ घोपाका दिपेन्द्र राईले आक्रोश पोखे । एक बन पालेले दिएको जानकारि अनुसार सिकारिहरुले भरौल, र कालाबञ्जारमा लगेर मासु बेच्ने गरेका छन् । इटहरिको बौका झोडा लगायतका ठाँउबाट सिकारिहरु आउने गरेको पानबारी सामुदायीक बनका एक उपभोक्ताले बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले यो बिषयमा जिल्ला बन कार्यालयसँग जानकारी लिने बताए । जिल्ला बन कार्यालयको नियमित कामको रुपमा बन्यजन्तु संम्रक्षण गर्ने र अनुगमन गर्ने बिषय पर्छ,यस बिषयमा म जानकारी लिन्छु उनले भने ।
जिल्ला बन का एक कर्मचारिका अनुसार स्थानिय रेञ्ज पोष्टका इञ्चार्जहरुले त्यसतो कुनै समस्या नआएको रिपोर्ट दिने गरेका छन् ।
जिल्ला बन कार्यालय सुनसरीका प्रमुख राजेन्द्र निरौलाले चोरी शिकारका बिषयमा आफुलाईपनि जानकारी आएको भन्दै उनले यसको अनुसन्धान भईरहेको बताए । हामीले आफ्नो तरिकाबाट टोलिहरु परिचालन गरेका छौं निरौलाले भने चोरी शिकार नियन्त्रण गर्न हामी लागि परिरहेकै छौं । उनले शसस्त्र बन रक्षकहरुपनि परिचालन गरिएको जानकारि दिए ।