धरान / पूर्वमा पहिलो पटक पुष्प मेला लगाउने तयारी भएको छ । पुष्प तथा फलफूल कृषि व्यवसाय प्रवद्र्धन तदर्थ समितिले फूल तथा फल जातका विरुवाहरुहरुको पुष्प प्रदर्शनी गराउन लागेको हो ।
प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा फलका विरुवाहरु राखिने छ । जहाँ २५ वटा स्टलहरु रहने छन् । फागुन २३ गतेदेखि २५ गतेसम्म लाग्ने पुष्प प्रदर्शनीले स्थानीय समूहहरुले उत्पादन गरेको फुल तथा विरुवाहरुलाई प्रवद्र्धन गर्नमा मद्दत पु¥याउने मेला संयोजक खगेन्द्र पोखरेलले बताए । त्योसँगै तेस्रो देशबाट आयत हुँदै आएको फूललाई केही हदसम्म निरुत्साहित गर्ने उद्देश्य समेत रहेको पोखरेले बताए ।
पूर्वमा मात्रै अर्र्वौको फूलको कारोबार हुने गरेको छ । स्थानीयदेखि विदेशी प्रजातिका विरुवा तथा फूलहरुको लागि स्टलसँगै उत्पादनका लागि अपनाउनु पर्ने प्रविधि तथा जानकारी दिइने समितिका सदस्य प्रेम पराजुलीले बताए । ‘हामीले फूलको मेला मात्रै हैन, यसैबाट जिविकोपार्जन गर्नेहरुको लागि प्रविधिको बारेमा जानकारी र रोप्ने तरिकाहरु बारेमा जानकारी गराउँछौं ।’ उनले भने, ‘थोरै ठाउँमा कसरी रोप्ने, त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पनि जानकारी दिइने छ ।’
यो प्रदर्शनबाट फूल तथा नर्सरी व्यवसायमा लागेकाहरुलाई एकत्रित गर्दै संगठन निर्माण गर्ने उनले बताए । धरान–५ अमानबजारमा लाग्ने प्रदर्शनीमा एउटा स्टलले कम्तीमा पनि ५० हजार रुपैयाको कारोबार गर्ने लक्ष्य लिएको छ । जहाँ २० रुपैयादेखि ८ हजार रुपैयासम्मका विरुवा तथा फूलहरु बिक्रीका लागि राखिने छन् । सिजनेवल देखि वगमवेली, हेभिसकस, क्याक्टस, अर्किड, ह्यान्गिङलगायतका प्रजातिका विरुवाहरु राखिने छन् ।
यसमा दुबो रोप्दा अपनाउनु पर्ने विधि ल्याडस्केप –भुवनावट) को बारेमा जानकारी गराइने संयोजक पोखरेले बताए । ‘थोरै ठाउँमा कसरी रोप्ने भन्ने जानकारी दिन्छौं ।’ उनले भने । पुष्प प्रदर्शनीमा पूर्वका कम्तीमा ३० व्यवसायीहरुको उपस्थिति रहेन छ । जसबाट घर घरमा फूल बाटिका निर्माण गर्दै स्वआर्जनमासमेत सघाउ पुगोस् भन्ने ध्येय राखिएको छ ।