पथरी/ मोरङ बयरवन ९ स्थीत कानेपोखरी–चिसांङ पुलछेउमा सडक दुर्घटना हुदा एकको मृत्यु भएको छ, भने एक जना गम्भिर घाइते भएका छन् ।
बुधबार बिहान पश्चिमबाट पूर्व गई रहेको को १ ख ५४४६ नम्बरको त्रिशुल यातायात बसले विराटनगर तर्फ आइरहेको को १६ प २१९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकल चालक मेघाराज ओझाको मृत्यु भएको हो । उनको उपचारको क्रममा विराटनगर स्थीत नोबेल हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए ।
पथरीशनिश्चरे ४ का मृतक ओझा जनता माबिको प्रधानध्यापक हुन । सोहि दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार पथरीशनिश्चरे ६ का डम्बर चेम्जोङ गम्भिर घाइते भएका छन् ।
गम्भिर घाइते भएको चेम्जोङको नोबेल हस्पिटलमा उपचार भैरहेको उनको आफ्न्तले जनाएको छ ।
चेम्जोङ नेकपा एमाले मोरङ क्षेत्र नम्बर २ को क्षेत्रिय सचिव हो । दुवै जना बिद्यालयको कामले बिराटनगर जादै गरेको बताइएको छ । बस र धरान १५ का चालक राजेन्द्र पोख्रेल इलाका प्रहरी कार्यालयले नियन्त्रयणमा लिएको छ ।