इलाम/जिल्ला प्रहरी कार्यालय इलाममा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन् ।उनको देब्रे हातको पातोमा गोली लागेको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गोली मिस फायर भएर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ओमप्रकाश ठाकुर घाइते भएका हुन् ।
घाइते ठाकुरको भापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । बुधबार बिहान बन्दुकको चेम्बरमा गोली रहेको थाहा नपाउँदा ‘मिस फायर’ भएर जवानलाई लागेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरि नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताए ।
गोली नै लागेको नभई, मिस फायर हुँदा छर्राले मात्रै भेटेको हो श्रेष्ठले भने ।श्रेष्ठका अनुसार “मिस फायर हुँदा पहिला गाडीमा गोली लागेर त्यसको छर्राले मात्रै मान्छेलाई भेटेको हो ।”
प्रहरीबीचको झगडाका कारण एकले अर्कालाई गोली हानेको हल्ला बजारमा आएपनि पुष्टि हुन सकेको छैन । तर, डिएसपी श्रेष्ठले कुनै झगडा र विवादको कारण नभई कसैको असावधानीले गोली पड्किएको हुनसक्ने भएकाले घटनाको छानबिन गरिरहेको बताए । घटनाको अझै छानबिन भइरहेको श्रेष्ठले बताए ।