धरान / विजयपुर हस्पिटलमा उपचारको क्रममा एक विरामीको मृत्यु भएपछि घटनाको छानविन गर्न माग गर्दै युवा संघ नेपाल धरान नगर कमिटिले एक विज्ञप्ती जारी गरेको छ ।
मंगलबार युवा संघका धरान नगर अध्यक्ष राजेन्द्र राईको हस्ताक्षर भएको विज्ञप्तीमा– ’विजयपुर हस्पिटल प्रालिमा पटक पटक विभिन्न घटनाहरु बढ्दै आएको’ र ‘मिति १०७३।११।१० गते धरान–१७ बस्ने ३१ वर्षिय अमित जोशीको मृत्यु’ भएको भन्दै ‘मेडिकल काउन्सील सहितको न्यायिक छानविन समिति गठन गरी, पीडित पक्षलाई उचित न्याय दिदै पीडक पक्षलाई हदै सम्मको कारवाहीको’ माग गरेको छ । पीडितले न्याय नपाएर युवा संघ जस्तोसुकै कदम चाल्ने समेत पछि नहट्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।