वीरगन्ज/ सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेसँगै मधेसमा विरोध सुरू भएको छ । सदभावना पार्टीका कार्यकर्ताहरुले बीरगन्जको घण्टाघर चोकमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका छन्। पुत्ला दहनसँगै प्रचण्डलाई दलालको संज्ञा दिँदै सरकार विरुद्ध नारा जुलुस समेत प्रदर्शन गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।
पुत्ला दहनपछि आयोजित कोणसभालार्इ सम्बोधन गर्दै सदभावना पार्टीका उपाध्यक्ष इश्वर यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेसी जनतालाई धोका दिएको आरोप लगाए । उनले संविधान संशोधन बेगरको निर्वाचनको कुनै अर्थ नभएको दावी गरे ।
उनले सरकारले घोषणा गरे पनि मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिए । उनले मधेसमा अब विगतभन्दा झन सशक्त आन्दोलन हुने बताए । सरकार आफै झुक्ने खालको आन्दोलन अब मधेसमा हुन्छ उनले थपे ।
पुत्ला दहनपछि आयोजित कोणसभालार्इ सम्बोधन गर्दै सदभावना पार्टीका उपाध्यक्ष इश्वर यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेसी जनतालाई धोका दिएको आरोप लगाए । उनले संविधान संशोधन बेगरको निर्वाचनको कुनै अर्थ नभएको दावी गरे ।
सरकारले अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेको छ । त्यसको केही घण्टामा नै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।
मधेसका जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन र भोली मधेस बन्दको आह्वान गरेको छ । साथै सरकार विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने पनि मोर्चाले जनाएको छ ।
यो पनि....
उपचारमा लापरबाही प्रकरणः सशस्त्र प्रहरीको घेरामा हस्पिटल (भिडियाेसहित)