काठमाडौँ/भारतको आन्ध्र प्रदेशको भिषाखापटनमा आयोजना हुने दी ‘पार्टनरसीप समिट–२०१७’ मा सहभागी हुन वाणिज्यमन्त्री रोमी गौचन थकाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ । यही माघ १४ देखि १६ सम्म आयोजना हुने २३ औँ संस्करणको समिटको विस्तारित बैठकमा मन्त्री थकालीले ‘दिगो आर्थिक तथा व्यापार वृद्धिमाः के एसियाले नेतृत्व लिन सक्छ रु’ तथा ‘दक्षिण र दक्षिणपूर्वी एसियासित भारतको साझेदारी’ बिषयमा नेपालको तर्फबाट भनाइ राख्ने कार्यक्रम छ । उक्त अवसरमा वाणिज्यमन्त्री थकाली र भारतका वाणिज्यमन्त्रीसँग भेटवार्ता गरी आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता रामकृष्ण अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रासस