धरान/आरम्भ नाट्य डबलिले अधुरो क्यानभासको सोमबार धरानमा समिक्षा सम्पन्न गरेको छ । पुस २७ गते आरम्भ नाट्य डबलिले प्रर्दशन गरेको नाटक अधुरो क्यानभासको समिक्षा कार्यक्रम आगामी योजनाहरुका साथ किरात याख्खा छुम्मा भवनमा सम्पन्न गरेको हो ।

डबलिका संम्रक्षक तथा ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्किले धरानमा निदाएका नाट्यकर्मीलाई झक्झकाउने काम यो नाटकले गरेको भन्दै कुखुराले आफ्नो चल्लाहरुलाई जसरी संरक्षण गर्छ त्यसरीनै सबै नाट्यकमीहरुलाई समेटेर अभिभावकको भुमिका निवार्ह सुझाब दिए । अधुरो क्यानभासको प्रर्दशन कार्यक्रममा प्राविधिक पक्ष र समय व्यवस्थापनमा कम्जोरी भएको निद्र्देशक एवम कलाकार सचिन क्षेत्रिले स्विकार गर्दै भोलिको दिनमा यस्ता टु्रटी सुधार गर्दै लैजाने जानकारी दिए ।

डबलिका अध्यक्ष गोपाल देवानले लागुऔषध प्रयोगकर्ताहरुलाई विशेष प्राथमिकताका राखेर हिसानसँग सहकार्य गरेर नाटक गर्ने, अधुरो क्यानभास दुईलाई स्कुल अभियानमा लाने, विशेष पुर्वान्चल अभियान गरेर साहित्यकार, बुदिजिवि र व्यापारी माझ पुर्याउने, नित्य नाटिकालाई पनि भव्य रुपमा प्रर्दशन गरेर यसको प्रर्वधन गर्ने भावी योजनाहरु रहेको बताए । आगमि चै त्र र बैशाख भित्र सर्बनाम थिएटरको आयोजनामा काठमाण्डौमा एक हप्ते नाट्य प्रर्दशनपनि गर्ने उनले जनाए ।

धरानको रंगमन्चहरु सँग सहकार्य गरेर रंगमन्चलाई एकिकृत गर्दै रंगकर्मको विकासमा लागी पर्ने देवानले बताए । डबलिका सदस्य तथा आरम्भ नाट्य डबलिको सुभारम्ब कार्यक्रम संयोजक गंगा कालिकोटेल रङगकर्मि र रङगमञ्चहरु एकिकृत भएर रङगकर्ममा लागि पर्नु पर्ने बताए । डबलीकी सल्लाहकार तथा बिजयपुर एफएम धरानकी अध्यक्ष हिमाल राईले सबैले सहयोगी भावना लिएर नाट्यकर्मिहरु एक भएर अगाडि बढ्नु पर्ने सुझाब दिइन ।

समिक्षा कार्यक्रममा बराह ज्वेलरी इन्डष्ट्रिज प्रालीका शाखा प्रमुख मानबहादुर दियाली,तथा डबलिका धरान,इटहरी,लेटाङ लगायतका ठाउबाट सदस्य तथा कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।