सी फेई चाइनिज सिनेमा जगतका सुप्रसिद्ध व्यक्ति हुन । उनी १९६० मा चीनको फिल्म एकेडेमीबाट उच्च शिक्षा हासिल गरे । यति बेला त्यही एकेडेमीमा अध्ययपन गदै आएका छन् । फिल्म क्षेत्रको लामो करियरमा उनले ९ वटा फिल्म निर्माण गरेका छन् । यति लामो अवधीमा बनाएका ९ वटा फिल्म संख्यामा थोरै भए पनि निकै उत्कष्ट छन् । सन् १९८९ मा बर्लिङमा भएको फिल्म महोत्सवमा ‘ब्लाक स्नो’ले सिल्भर अवार्ड जित्न सफल भयो । सन् १९९२ मा उनको लोकप्रिय फिल्म सिसेम ओईल वमन(sesame oil women) ले गोल्डेल अवार्ड जित्यो । फेरी ३ बर्ष पछि लोकप्रिय फिल्म ‘ए मंगोलियन टेल’ले उत्कृष्ट निर्देशकको अवार्ड जित्यो । उनका फिल्महरु चाईनिज उपन्यासबाट लिएका हुन्छन् । समान्य व्यक्तिका संर्घष, ग्रामिण कला संस्कृति र व्यक्तिको पीडाको चित्र उनको सृर्जनामा पाईन्छ । पुस २७ देखि माघ २ गतेसम्म धरानमा सम्पन्न अन्तर्राष्टिय फिल्म महोत्सवमा जुरी मेम्बरको प्रमुखको रुपमा भूमिका निर्वाह गरेका थिए । पहिलो पटक नेपाल आएका निर्देशक फेई नेपाल र नेपाली चलचित्रबारे यसो भन्छन्ः ............................................... मलाई भारत, बंगलादेश, श्रीलंका, इण्डोनेसियालगायत देशमा धेरै पटक पुगेको छु । त्यहाँको फिल्म मेकिङबारे अध्ययन गरेको छु । पहिलो पटक नेपाल आएको छु । ती देशहरुसँग प्रतिस्पर्धा गर्ने राम्रा फिल्म नेपालमा बनेको पाए । फिल्म निर्देशनमा युवा पुस्ताको बाहुल्ल्यता अर्को सुन्दर पक्ष हो । धरानमा प्रर्दशन भएका सबै फिल्महरुको निर्देशन युवाहरुले गरेको पाए । त्यसमा झन नेपालका फिल्म निर्माणमा झन युवाहरु बाहुल्याता । राम्रो कथाबस्तुमा बनेका फिल्म यहाँ देखे । यो नेपालका लागि राम्रो उपलब्धी हो । चाइनामा पनि यस्तै किसिमका फिल्म बन्ने गरेका छन् । प्रविधीमा केही फरक छन् । ................................ पुरानो प्रविधीमा फिल्म बनाएको मान्छे हु म । धेरै बर्ष साँस्कृतिक आन्दोलनमा विताए । त्यही आन्दोलनलाई थिम बनाएर धेरै चलचित्र बनाएको छु । म एउटा भाग्यमानी मान्छे पनि हु । पुरानो पुस्तादेखि अहिलेको डिजिटल हुदै एचडी पुस्तासम्मको अनुभव गर्न पाएको छु । ७५ बर्षे उमेरमा म आफुलाई निकै भाग्यमानी ठान्छु । चाईनिज सिनेमालाई संरक्षण गर्ने मेरो ध्यय हो । अवको जीवनकालखण्ड यही पेसामा खर्चने छु । ...................................... चाइनामा मो योङ च्याग प्रसिद्ध लेखक हुन । उनको लेखनबाट धेरै फिल्महरु प्रभावित छन । चाइनामा फिक्सन, नाटकमा आधारित फिल्महरु बनेका छन् । ‘सेसम ओइल वमन’ सन् १९९२ मा बनेको मेरो फिल्म हो । चङ डाक्सीन(zhon Daxin)ले लेखेको ‘द वमन फ्रम लेक अफ स्काण्डट साउलस’ उपन्यासबाट बनाइएको हो । फिचर फिल्म मेरो मुख्य जव भएकाले यसले बजार राम्रो लियो । यस फिल्ममा वास्ताविक चाइनिज महिलाको जीवन संघर्ष चित्रण गरेको छ । सुरुमा चाईनिस फिल्महरु पनि अमेरिकाबाट प्रभावित थियो । तर यति बेला फिल्म मेकिङ अमेरिकी सिद्धान्त एकेडेमीमा डोमिनेट भएको छ । ...................................... मेरो पहिलो फिल्म ‘ए गल फ्रम हुनन’ सन् १९८६ बन्यो । यो क्लासिक नोवेलबाट मैले निर्माण गरेको हु । यो । प्रसिद्ध लेखक सेनकङवीन(shen Congwen)को जन्म गाँउको कथा हो । उनको ह्यमन प्रोभिन्स(Human province)बाट यो फिल्म बनाइएको हो । त्यो बेलाको प्रविधी र अहिलेको प्रविधीमा निकै फरक छ । तर म यस्तो भाग्यमानी मान्छे जो त्यो बेलाको प्रविधी र अहिलेको नयाँ प्रविधी एचडी डिजिटल प्रविधी उपयोग गर्न पाईरहेको छु । एउटा महिलाको डेलि लाईफ र चाईनाको प्रतिनीधि महिलाको कथा यसमा छ । .............. नेपाल मेरो पहिलो भ्रमण हो । पहिलो भ्रमणमा धरान आउन पाए । खुशी लागेको छ । धरान भाग्यमानी पनि छ, किन की यति ठूलो अन्तर्राष्टिूय चलचित्र महोत्सव आयोजना गर्न पाएको छ । फिल्म क्षेत्रमा ठूलो बहस यहाँ भएको छ । भारतको बम्वई, कलकता, देल्ली, इण्डोनेसिया, भरखरै नोभेम्बरमा ढाकामा यस्तै महोत्सवमा सहभागी भएको थिए । त्यहाँको तुलनामा यहाँ स्तरिय फिल्महरु समावेस भएको पाए । यो महोत्सव ठूलो अध्ययन केन्द्र पनि बन्यो । विश्वमा नाम चलेका फिल्म मेकरहरुको जमघट, स्तरिय फिल्म प्रर्दशन भएका छन् । महोत्सवले राम्रो सन्देश छाडेको छ । नेपालमा पनि धेरै राम्रा फिल्महरु बनेका रहेछन् । खुशी लाग्यो । ................... धरान धेरै घुम्ने अवसर मिलेन । कलाकारहरुको शहर भएको पाए । मन्दिरहरु घुमे । यहाँको हावापानी राम्रो लाग्यो । भेडेटारसम्म पुगे । रमाईलो ठाँउ रहेछ । फेरी यस्तो अवसर पाए धरान आउने छु । त्यो बेलासम्ममा झन राम्रो सिनेमा बन्ने छन् । (पुस २७ देखि माघ २ गतेसम्म धरानमा सम्पन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मुख्य जुरीको भूमिकामा रहेका प्रो. फेईसँग देबेन्द्र कार्कीले गरेको कुराकानीमा आधारित)