पानवारी/ निर्धन उत्थान बैक लिमिटेड पानवारीले बिमा रकम हस्तान्तरण गरेको छ । धरान–१९ गैरेटोलमा रहेकी कमला अवोलको निधन भएपछि बैंकले नीजको छोरा पूर्ण अवोललार्ई विमा वापतको रकम १ लाख ३८ हजार रुपैया प्रदान गरेको हो ।
बैंकले स्थानीय महिलाहरुको समुह बनाई उक्त समुह मार्फत् ऋण लगानी गर्ने गरेको छ । त्यसै अन्तर्गत धरान–१९मा गठन भएको गैरेटोल महिला स्वावलम्बी समुहकी सदस्य कमला अवोलको निधन भएपछि निज सदस्यले पाउने बिमा रकम बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।
बैकले विपन्न, जनजाति र दलित परिवारका लछित वर्गलाई समेटी समुह गठन गरी उक्त समुह मार्फत् कार्यक्रम विस्तार गर्दै महिला दिदि बहिनीहरुको जीवनस्तरमा परिवर्र्तन गरेको शाखा प्रमुख राज कुमार उपाध्यायले बताए ।