धरान/चर्चित र्याप गायक यम बुद्धले आत्महत्या नै गरेको पोष्टमार्टमको रिपोर्टले देखाएको छ ।

उनी गत शुक्रबार बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्युको कारण अन्य हुन सक्ने आशंका गरिए पनि चिकित्सकहरुले दिएको पोष्टमार्टम रिपोर्टले भने उनको मृत्यु झुण्डिएकै कारण भएको खुलेको छ ।
तर, उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन् । उनले राजनीतिक तथा नेपाली युवाहरु कुलतमा फसेको विषयमा गीतहरु गाएर चर्चित बनेको थिए । पोष्टमार्टम रिपोर्टमा यम बुद्धले मदिरा पिएको देखिए पनि उनले कुनै पनि प्रकारका लागूऔषधहरु नपिएको देखिएको छ ।
रिपोर्टमा बङ्गारा अलिकति सरेको पाइएको छ। उनले आत्महत्या गर्नु पूर्व आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको अवस्थामा फेला परेको छ । तर, किन च्यातेका हुन् भन्ने बारेमा कुनै कुरा उल्लेख छैन् । उनलाई मानसिक रोग वा अन्य कुनै खाल्का रोगहरु थिए कि भन्ने अनुसन्धान हुन बाँकी रहेको चिकित्सकहरुले बताएका छन् ।
उनले आत्महत्या गर्ने दिन सुत्नु अघि श्रीमतीसँग वाइन पिएका थिए । शनिबार बिहान ६ बजेतिर उनलाई बाथरुममा झुण्डिएको अवस्थगामा फेल पारेको थियो । हाल उनको परिवारले शव नेपालमा ल्याउन चाहिरहेको बताइएको छ ।