धरान/सोह्रवर्षपछि पुनरागमन गरेको धरानको आरम्भ नाट्य डबलीले नाटक देखाउनको लागि आफ्नै भवन निर्माणको सुभारम्भ गरेको छ । [caption id="attachment_23441" align="alignnone" width="1024"] धरान–२१ काठेपुल नजिकै निर्माण हुन लागेको आरम्भ नाट्य डबलीको भवन सिलान्यासका क्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्त । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] धरान–२१ मा एकसय क्षमताको नाट्य हल सोमबार संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति साहित्यकार सरु भक्तले सिलान्यास गरेका छन् । २० लाख रुपैयाको लागतमा निर्माण हुन लागेको भवन दुईवर्ष भित्र पूरा गर्ने लक्ष्य आयोजक आरभ्मले लिएको छ । आरम्भले ढेड कठ्ठा जमिनमा भवन निर्माण गर्न लागेको छ । फेब्रिकेट जडित नाट्य हल ‘मोबाइल’ टाइपमा हुने छ । ‘यसलाई अन्यत्र सार्न सकिने खाल्को निर्माण गर्ने छौं ।’ आरम्भका उपाध्यक्ष एवं इन्जिनियरसमेत रहेका सचिन क्षेत्रीले भने । क्षेत्रीका अनुसार फेब्रिकेट बोर्ड जडित हुने छ । भूकम्प प्रतिरोधीसमेत हुने छ । स्लोप आकारमा निर्माण हुन लागेको स्टेजको उठाएर अन्यत्र लान सकिने खाल्को निर्माण गर्न लागिएको क्षेत्रीले बताए । आरम्भका अध्यक्ष गोपाल देवानले साउण्ड तथा लाइट प्रुफको बन्ने बताए । नाट्य क्षेत्रमा पूर्वमा आरोहण गुरुकुलको मात्रै भवन रहेको छ । एकसय क्षमताको हलमा प्रत्यक्ष ध्वनी सुनिस सक्ने खाल्को रहने उनले बताए । प्रतिष्ठानका कुलपति सरुभक्तले नाट्य क्षेत्रमा पूर्वको धरानले प्रतिनिधित्व गर्ने गरेको र नाट्य समूहको भवन नै बन्न लागेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा कलाकार विक्रमश्रि, ब्लाष्टका प्रधानसम्पादक एवं साहित्यकार राजकुमार कार्की, विजयपुर एफएमकी स्टेसन मेनेजर हिमाल राई, बराह ज्वेलरीका प्रशासकीय अधिकृत गंगा कालिकोटेलगायतको उपस्थितिमा औपचारिक सुरुवात भएको घोषणा गरिएको हो ।