धरान/धरानमा गणेश रसिकको एकल साँझ हुने भएको छ । धरान–८ स्थित मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले माघ २२ गते ‘मुन्धुम साँझ’ गर्दै रसिकको गीतहरु प्रस्तुत गर्ने भएको छ ।
[caption id="attachment_23177" align="alignnone" width="1024"]

गायक गणेश रसिकको एकल साँझको तयारी बारे जानकारी दिँदै आयोजक । साथमा गायक रसिक । तस्बिरःब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
सुगम संगीतका पारखीहरुलाई मध्यनजर मुन्धुम साँझ गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी हाउसकी सञ्चालिका मुनु मिभकले बताइन् । उनले कार्यक्रममा साहित्यकार उपेन्द्र सुब्बा, गायिका झुमा वनेमको प्रस्तुती रहने छ ।
धरानमा कार्यक्रम गर्ने भनिए पनि स्थान निश्चित भइनसकेको हाउसकी सञ्चालिका मिभकले बताइन् । उनका अनुसार सुगम संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । रसिकको यसअघि १३ वटा एकल साँझहरु भइसकेका छन् । उनको काठमाडौं, झापा, पोखरालगायत सिंगापुर, हङकङमा एकल साँझहरु सम्पन्न भइसकेको गायक रसिकले बताए ।
उनले सुमग संगीतमा लाग्ने गायकहरुको लागि कार्यक्रम आयोजना गरिदिनेहरु नै कम हुने गरेको पीडा पोख्दै यस कार्यक्रमले सुगम संगीतका पारखीहरुलाई मद्दत मिल्ने बताए । कार्यक्रम आयोजककी मिभकले रसिकको गीतसंगीतबाट प्रभावित भएर आफूले कार्यक्रम राख्न लागेको बताइन् ।