धनकुटा/ पाख्रिवासमा साहित्य,गितसंगित तथा कला विधातर्फका ५ जना स्रष्टालाई सम्मान गरिएको छ । पाख्रिवास कला साहित्य समाज पाख्रिवासले ८१ औ भुपि जयन्तीको अवसर पारेर कला,साहित्य र संगित विधा तर्फका पाचँ जना अग्रज स्रष्टालाई सम्मान सहित पुरस्कृत गरेको छ । यसरी सम्मानित हुनेहरुमा मुर्तिकार दलवहादुर तामाङ्ग, गजलकार प्रकट पंगेनी “शिव”, आचार्य प्रभा, हेमन यात्री र कलाकार कृष्णभक्त राई रहेका छन् ।

सो अवसरमा धनकुटाको हात्तिखर्क घर भएका मुर्तिकार दलवहादुर तामाङ्ग र झापाकी साहित्यकार आचार्य प्रभालाई पाख्रिवास कला साहित्य समाजको तर्फवाट सम्मान गरिएको थियो । यसैगरि गायक तथा संगितकार कृष्णभक्त राईलाई लक्ष्मीकान्त स्मृति पुरस्कार तथा सम्मान, पोखराका गजलकार प्रकट पंगेनी शिवलाई धनजगत स्मृति पुरस्कार तथा सम्मान र सुनसरीका कवि हेमन यात्रीलाई गितादेवी स्मृति पुरस्कार तथा सम्मान सो अवसरमा प्रदान गरिएको थियो ।तिनै जना स्रष्टलाई नगद ५ हजार ५ सय ५५ रुपैया, ताम्रपत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो । पुरस्कृत तथा सम्मानित स्रष्टाहरुलाई प्राज्ञ डाः टंक न्यौपाने,प्राज्ञ विवस पोख्रेल,पाख्रिवास कला साहित्य समाजका अध्यक्ष रोशन परियार लगायतले नगद तथा ताम्रपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

यसैगरि ८१ औं भुपि जयन्तीको अवसरमा सञ्चालन गरिएको पुर्वाञ्चल स्तरिय कविता प्रतियोगितामा मोरङ्गका कवि रोहित पराई प्रथम, भोजपुरका जुनु राई, द्धितिय र धनकुटाको आखिँसल्लाका कवि नरेन्द्र कश्चित तृतिय भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ८ हजार प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ५ हजार, प्रमाणपत्र र तृतिय हुनेलाई नगद ३ हजार प्रमाणपत्र प्रदान गरिएको छ ।

कविता प्रतियोगितामा पुर्वाञ्चल भरिवाट प्राप्त १ सय ५० कविताहरु मध्ये उत्कृष्ट पाचँ कविता वाचनका लागी छनौट गरिएको थियो । उत्कृष्ठ पाचँ कविता वाचन भएसँगै मोरङ्गका कवि रोहित पराई प्रथम, भोजपुरका जुनु राई द्धितिय र धनकुटाको आखिँसल्लाका कवि नरेन्द्र कश्चित तृतिय भएका हुन् । सो अवसरमा पुर्वका दुई दर्जन भन्दा वढि साहित्यकारहरुले कविता,गित तथा गजल वाचन गरेका थिए । सो अवसरमा वोल्दै प्राःडा टंक न्यौपानले भाषा,साहित्य र कलाको माध्यमवाट राष्ट्र निमार्ण गर्न सकिने भन्दै सर्जकहरुले शसक्त भएर कलम चलाउनु पर्ने वताए ।सोही अवसरमा मदन पुरस्कार विजेता रामलाल जोशीले मदन पुरस्कार पाउन सफल आफ्नो कृति ऐनाको वारेमा आफ्नो भनाई राखेका थिए । पाख्रिवास नगरपालिकामा जन्म भई सिर्जना कर्ममा लागेका साहित्यकारहरु संगठित भई करिव एक वर्ष अघि पाख्रिवास कला साहित्य समाज गठन गरिएको हो ।

नेपाली कला र साहित्यको विकास गर्ने उद्देश्यले पाख्रिवास कला साहित्य समाज गठन भएसगै पाख्रिवास नगरपालिका निवासी तिन व्यक्तिले गितसंगित र साहित्य तर्फका दुई विधाको राष्ट्रिय पुरस्कार स्थापना गरेका थिए । पाख्रिवास नगरपालिका–१५ निवासी माणिक राई “मुगाली”ले आफ्ना वुवा धन राई र ससुरा जगत राईको स्मृतिमा धनजगत स्मृति पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कार गजल विधा तर्फ कलम चलाउने व्यक्तिलाई प्रदान गरिने छ । यस्तै पाख्रिवास नगरपालिका–४ निवासी प्रेम भण्डारीले स्वर्गीय आमा टिकादेवी भण्डारीको स्मृतिमा टिकादेवी भण्डारी स्मृति पुरस्कार र पाख्रिवास–१३ निवासी दुर्गा सुवेदीले आफ्ना हजुरवाको स्मृतिमा लक्ष्मी कान्त स्मृति पुरस्कार स्थापना गरेका हुन् ।

टिकादेवी स्मृति पुरस्कार कविता विधा तर्फ र लक्ष्मी कान्त स्मृति पुरस्कार गित तथा संङ्गित विधा तर्फको रहेको छ । विभिन्न साहित्यक कार्यक्रमहरु पाख्रिवास नगरपालिका विभिन्न ठाउँमा सञ्चालन गर्ने समाजको लक्ष्य रहे अनुसार मोति जयन्तीको अवसरमा गरिएको कार्यक्रम औपचारिक रुपमा गरिएको यो पहिलो कार्यक्रम भएको अध्यक्ष रोशन परियारले वताएका छन् ।