तेह्रथुम/नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले १० करोड ८ लाख ७६ हजार रुपैयाँको नगर विकास योजना सार्वजनिक गरेको छ । नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आर्थिक वर्षकोे बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्दै कार्यकारी अधिकृत गणेश नेपालीले आ.व. २०७४÷०७५ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा नगर क्षेत्रको पर्यटन प्रवद्र्धन, बजारको फोहोरमैला र बसपार्क व्यवस्थापन, नगर क्षेत्रको जिआइएस तयारी, म्याङलुङ बजार फ्री वाइफाई, म्याङलुङ बजार रिङरोड, बाल उद्यान पार्क निर्माण, सत्येडाँडामा भ्यू प्वाइन्ट निर्माण, वर्थिङ सेन्टर निर्माणलाई विशेष प्राथमिकतामा राखिएको छ । बालमैत्री नगरपालिका घोषणा, ज्येष्ठ नागरिक विश्राम स्थल निर्माण लगायतका योजनाहरु पनि प्राथमिकतामा राखिएको छ ।
कूल प्रस्तावित बजेटमध्ये ६० लाख ५९ हजार ४ सय रुपैयाँ चालू खर्चतर्पm, ६ करोड ५७ लाख २३ हजार ६ सय पूँजीगत खर्च र २ करोड ६० लाख सामाजिक सुरक्षातर्पm विनियोजन गरिएको छ । यस्तै ठूला पूर्वाधार विकासतर्पm १ करोड, प्रवद्र्धनात्मक क्षेत्रतर्पm १६ लाख ५५ हजार ५ सय, विपन्न बालबालिकालक्षित कार्यक्रमका लागि २८ लाख ८३ हजार २ सय ५० र आर्थिक तथा सामाजिक रुपमा पिछडिएको वर्गका लागि २४ लाख ८३ हजार २ सय ५० रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले नगरवासीका असीमित इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्न नगरको सीमित स्रोत–साधनले नभ्याउने भएपनि समावेशी र पारदर्शी तवरले नगरको विकासमा लाग्न शुभकामना दिइन् । कार्यक्रममा पूर्व सांसद तेजमान तुम्बाहाम्फे, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति थियो ।