रुकुम/ पूर्व आपूर्ति मन्त्री एवम् सांसद गणेशमान पुनले संविधान कार्यान्वानमा देखिएको जटिलता अन्त्य गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणको अवस्थालाई निरीक्षण गर्न रुकुम पुग्नुभएका सांसद पुनले अहिलेको जटिलतालाई अत्य गर्न नेकपा एमाले जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।
संविधान कार्यन्वयन हुन नदिनको लागि आन्तरिक तथा बाह्यशक्ति लागिरहेकाले ठूला दल एक हुनुपर्ने सांसद पुनको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्यसमेत रहेका पुनले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र नयाँ संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको समेत बताए ।
अहिलेको प्रमुख जिम्मेवारी भनेको संविधान कार्यान्वयन भएकाले सरकार त्यसैअनुसार अगाडि बढेको बताए ।
आर्थिक अभावमा कतिपय विकासका आयोजनाहरु बीचमै रोकिने अवस्थामा पुगेको भन्ने स्थानीयवासीको गुनासोमा उहाँले त्यसका लागि आफूले व्यवस्था गर्ने प्रतिवद्धता जनाए । रासस