विजयपुर/ सुनसरिको लौकहिकी १३ बर्षिया राधाकुमारी यादबको बालात्कार पछि हत्या गरिएको भन्दै बुबा सिंगेश्वर यादबले अपराधिलाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।
गत मङसिर २१ गते भएको घटनाको अनुसन्धान गर्न प्रहरीले चासो नदिएको भन्दै तत्काल अपराधी पक्राउ गर्न परिवार सहित बिभिन्न संग संगठनले माग गरेका छन् । अपराधि पक्राउ गरि कारबाही गर्न माग गर्देै समाजबादी बिद्यार्थी फोरमले आईतबार जिल्ला ब्यापारी बिरोध तथा श्रदाञ्जली सभा गरेको थियो ।
धरानमा पनि समाजबादी बिद्यार्थी फोरम धरानले पनि धरानमा बिरोध तथा श्रदाञ्जली सभा गरेको थियो । सभालाई समाजबादी बिद्यार्थी फोरम का सुनसरी अध्यक्ष बरदान हाङखिम राई र जिल्ला सदस्य सबिना याम्फुले सम्बोधन गरेको नगर अध्यक्ष नरेश लिम्बुले बताए ।जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीका प्रहरी निरिक्षक नवराज न्यौपानेले घटनाको बारेमा बिषेश अनुसन्धान भईरहेको बताएका छन् । घटनाको अनुसन्धान गर्न क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरको बिषेश टोलिपनि खटिएको उनले बताए ।